८ मंसिर, २०८१ शनिबार

07:38:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

३ असार, २०७९

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा विभिन्न कारणले २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । आवेदन दिएका १७ लाख ८९ हजार १ सय ५७ जनाको मात्रै सदर भएको छ ।

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो।  आइपीओ बाँडफाँड गर्दा लक्कि नम्बर ७ परेको छ ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो । त्यसमध्ये २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ । भने आवेदन दिएका १७ लाख ८९ हजार १ सय ५७ जनाको मात्रै सदर भएको छ ।

मागभन्दा बढी आवेदन परेकै करण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा भाग्यमानी १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हाता पारेका छन्। बाँकी १६ लाख ५२ हजार ६५७ आवेदकको हात खाली भएको छ।

कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भईसकेकाले रिजल्ट विभिन्न ४ तरिकाले हेर्न सकिन्छ । कम्पनीको आईपीओको रिजल्ट बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडिएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजलट हेर्न सञ्चालनमा ल्याएको वेबसाइट https://iporesult.cdsc.com.np/ र बिन्ध्यबासिनी हाइड्रोपावरको वेबसाइट https://bindhyabasinihydro.com.np/ बाट हेर्न सकिने छ ।