८ मंसिर, २०८१ शनिबार
08:01:30 AM
३ असार, २०७९
शुक्रबार २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता सेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । शुक्रबार नेप्से ७.५७ अकंले घटेर १९७१.३६ बिन्दुमा बन्द भएको छ ।
शुक्रबार २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता सेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ । शुक्रबार ७३ करोडको कारोबार हुँदा नेपाल टेलिकमको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । यसदिन कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, शुक्रबार सेन्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख र लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।