८ मंसिर, २०८१ शनिबार

07:38:42 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा ७.५७ अंकको गिरावट, २ घण्टामा कति भयो कारोबार ?

Nepal Business

३ असार, २०७९

सेयर बजारमा ७.५७ अंकको गिरावट, २ घण्टामा कति भयो कारोबार ?

काठमाण्डौं । सेयर कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ७.५७ अंकले घटेर नेप्से परिसूचक १ हजार ९ सय ७१.३६ विन्दुमा बन्द भएको छ । कारोबारको सुरुवातमा सेयर बजार २.२७ अंकले बढेको थियो । 

सेयर बजार घट्दा ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँको कारोबार भएको छ भने २३ लाख ५४ हजार ९११ कित्ता सेयर किनबेच भएका छन् । 

आज म्युचल फण्ड बाहेक सबै उपसमुह घटेका छन् । म्युचल फण्ड ०.०४ प्रतिशतले बढेको छ । कम्पनीतर्फ भने आधीखोला लघुवित्त वित्तीय संस्था ९.९९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था ४.०२ प्रतिशत र लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६ प्रतिशतले बढेको छ। 

आज शुक्रबार सेयर बजार २ घण्टाका लागि खुलेको हो ।