१७ बैशाख, २०८१ सोमबार

09:37:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

३ असार, २०७९

नेपालले भुटानलाई दियो ९५ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर ब्याटर चल्न नसक्दा भुटानसामु ९४ रनमा सिमित भएको हो ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । त्यस्तै ईन्दु बर्माले २० रन र कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् । भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १।१ विकेट लिए । ९५ रनको लक्ष्य पाएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।