८ जेठ, २०८१ मंगलबार

12:51:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आजदेखी आईतबारसम्म वर्षासंगै चिसो बढ्ने, उच्च हिमाली क्षेत्रमा हिमपात

Nepal Business

२२ पुस, २०७८

आजदेखी आईतबारसम्म वर्षासंगै चिसो बढ्ने, उच्च हिमाली क्षेत्रमा हिमपात

काठमाण्डौ

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठ जानकारी दिनुभयो । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ । 
हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको विभागले जनाएको छ । काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम घटेसंगै जाडो बढेको छ। यो क्रम आइतबारसम्म रहने छ । 
अहिले काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम ८.२ डिग्री सेल्सीयस रहेको छ। 
रासस