८ मंसिर, २०८१ शनिबार
07:38:22 AM
३ असार, २०७९
सीडीएसका अनुसार आज (शुक्रबार) बिहानसम्म कम्पनीको आईपीओमा ९ लाख ७१ हजार ६९१ जनाले १ करोड ११ लाख ४२ हजार ४९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १७७.९५ गुणा बढी आवेदन हो ।
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अहिलेसम्म झन्डै १७८ गुणा बढी आवेदन परेको छ। लघुवित्तले गत असार १ गतेदेखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
सीडीएसका अनुसार आज (शुक्रबार) बिहानसम्म कम्पनीको आईपीओमा ९ लाख ७१ हजार ६९१ जनाले १ करोड ११ लाख ४२ हजार ४९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १७७.९५ गुणा बढी आवेदन हो ।
कम्पनीले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्तारुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार १५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।
लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।