८ मंसिर, २०८१ शनिबार
07:56:04 AM
३ असार, २०७९
काठमाण्डौं । लक्ष्मी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ३ लाख ३३ हजार २०० कित्ता संस्थापक सेयर बिक्रि गर्न लागेको जानकारी दिएको हो ।
कम्पनीले सो सेयर खरीदका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाण्डौंमा निवेदन दिन भनेको छ ।
सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।