८ मंसिर, २०८१ शनिबार
08:05:52 AM
३ असार, २०७९
नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ। भने शुक्रबार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सेयर कारोबार हुनेछ।
काठमाडौं । आज (शुक्रबार) सेयर बजार जम्मा २ घन्टामात्रै खुल्ने छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को गत जेठ २५ को निर्णयअनुसार आज (असार ३ गते शुक्रबार) बाट सातामा ६ दिन कारोबार हुनेछ। यसअघि सातामा ५ दिनमात्रै कारोबार हुने गरेको थियो ।
नेप्सेको निर्णय अनुसार आइतबारबाट बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ। भने शुक्रबार बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म सेयर कारोबार हुनेछ।
सरकारले यसअघि जेठमा परीक्षणका रुपमा सातामा २ दिन सार्वजनिक बिदा (शनिबार र आइताबर) दिने निर्णय गरेको थियो। सोहीअनुसार सेयर बजार पनि सोमबारदेखि शुक्रबारसम्म खुला गर्ने नेप्से निर्णय गरेको छ।
चौतर्फि बोरोधका कारण गत जेठ २३ गते बसेको मन्त्रिपरिषदको बैठकले सातामा २ दिन बिदा दिने निर्णय खारेज गर्यो। त्यसपछि नेप्से सञ्चालन समितिको बैठकले सातामा ६ दिन सेयर कारोबार खुला राख्ने निर्णय गरेको हो।