८ मंसिर, २०८१ शनिबार
07:37:54 AM
३ असार, २०७९
अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरको २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) बाँडफाँड हुँदैछ । उक्त आईपीओ आज (शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजेपछि हुने तय गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरको २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको लागि भन्दा १६.०९७ गुणा धेरै आवेदन हो ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाडँफाँड हुने छ । गोलाप्रथाबाट बाडँफाँड गर्दा भाग्यमानी १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पार्नेछन् । भने बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।