८ मंसिर, २०८१ शनिबार
07:31:07 AM
२ असार, २०७९
यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उहाँले बताउनु भयो ।
काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोइरालाको आमरण अनसन बिहीबार पनि जारी रहेको छ । पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित संयोजक कोइरालाले बुधबारदेखि सुरु गर्नुभएको आमरण अनसन बिहीबार पनि जारी रहेको हो । अनसन बसेको दोस्रो दिनदेखिनै उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ।
कोइरालाले बुधबार बिहान ११ बजेदेखि आमरण अनसन सुरु गर्नुभएको थियो । यो आमरण अनसन सरकारले गर्छु भनेको कामहरू पुरा नगरेसम्म जारी रहने कोइरालाले बताउनु भएको छ। यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उहाँले बताउनु भयो ।
आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेका कारण अनसन बस्दा बस्दै ढल्न पनि सक्ने बताउँदै उहाँले ५२ लाख लगानीकर्ताहरूका लागि आफू पछि नहट्ने बताउनु भयो। यसअघि जेठ २३ गतेनै संघर्ष समितिले २३ बुँदै मागसहितको ज्ञापन पत्र बोर्डमा बुझाएको थियो। तर बोर्डले उक्त मागको बेवास्ता गरेपछि कोइरालाले आमरण अनसन सुरु गरेका थिए।