८ मंसिर, २०८१ शनिबार
07:38:49 AM
२ असार, २०७९
नेप्सेमा बिहीबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बिहीबार सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस बापतको १६ लाख ८० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको २०औं वार्षिक साधारण सभाले कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।