८ मंसिर, २०८१ शनिबार

07:38:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार १२.५७ अंकले बढ्यो, कारोबार कति ?

Nepal Business

२ असार, २०७९

सेयर बजार बढ्दा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँको कारोबार

सेयर बजार १२.५७ अंकले बढ्यो, कारोबार कति ?

काठमाण्डौं । सेयर कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार १२.५७ अकंले बढेर नेप्से पसिूचक १ हजार ९ सय ७८.९४ विन्दुमा पुगेर बन्द भएको छ । 

सेयर बजार बढ्दा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँको कारोबार भएको छ भने ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै आज उपसमुहरुमा बैंकिङ ०.४७ प्रतिशत, ट्रेडिङ १.४८ प्रतिशत, होटल एण्ड टुरिजम ०.४७ प्रतिशत, विकास बैंक ०.६७ प्रतिशत, हाइड्रोपावार ०.३७ प्रतिशत, फाइनान्स ०.९८ प्रतिशत, नन्लाइफ इन्स्योरेन्स ०.४२ प्रतिशत, म्यानुफ्याक्चर एण्ड प्रडक्शन ०.५४ अन्य २.५२ प्रतिशत, माइक्रोफाइनान्स ०.९४ प्रतिशत, म्युचल फण्ड ०.७ प्रतिशत र लाइफइन्स्योरेन्स ०.०५ प्रतिशतले बढेका छन् भने इन्भेष्टमेन्ट ०.१ प्रतिशतले घटेको छ । 

कम्पनीतर्फ भने आधिखोला लघुवित्त वित्तीय संस्थामा सर्किट ब्रेक लागेको छ भने रिभर फल्स ९.९७ प्रतिशत र सामुदायिक लघुवित्त वित्तीय संस्था ९.९६ प्रतिशतले बढेका छन् ।