८ मंसिर, २०८१ शनिबार

05:26:50 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिहीबार सेयरबजार बढेसँगै यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ असार, २०७९

बुधबार १ अर्बमाथिको कारोबार हुँदा नेपाल टेलिकमको सेयर सर्वाधिक खरिदबिक्री भएको छ ।

बिहीबार सेयरबजार बढेसँगै यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । बिहिबार सेयरबजार झिनो अंकले बढेको छ । निरन्तर घटिरहेको बजार बिहीबार नेप्से परिसूचक १२.५७ अंकले बढेको । सेयर बजार बढेसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । बिहीबार २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा थोरै सुधार देखिएपनि कारोबारमा भने खासै बढेको  छैन । बुधबार १ अर्बमाथिको कारोबार हुँदा नेपाल टेलिकमको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । यसदिन कम्पनीको ३० रुपैयाँका दरले शेयरमूल्य बढेसँगै १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, बिहीबार एनसीसी बैंकको पनि शेयरमूल्य १३ रुपैयाँ ९० पैसा बढेसँगै १० करोड ३५ लाख, सिभिल बैंकको ७ रुपैयाँ १० पैसाले शेयरमूल्य बढेसँगै ४ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । साथै एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख र नबिल बैंकको २ करोड ५० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।