१२ मंसिर, २०८१ बुधबार
10:29:02 AM
२ असार, २०७९
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स १००ः८५ को स्वाप रेसियोमा मर्ज भएका हुन् ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्सले एरपोर्ट होटल, काठमाडौंमा र एभरेष्ट इन्स्योरेन्सको अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा साधारण सभा सम्पन्न भएको हो । यी दुवै कम्पनीको साधारण सभाले एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स १००ः८५ को स्वाप रेसियोमा मर्ज भएका हुन् । हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर बराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेछ । सभाले मर्जरपछि बन्ने संस्थाको नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ रहने प्रस्तावसमेत सर्वसम्मत पारित गरेको छ।
यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ भने हिमालयन जनरलको १ अर्ब १७ करोड रुपैयाँ छ । यी दुई बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् ।