८ मंसिर, २०८१ शनिबार

05:37:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने, १७ लाख १२ हजारको हात खाली

Nepal Business

२ असार, २०७९

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाडँफाँड हुने छ ।

बिन्ध्यबासिनी हाइड्रोको आईपीओ शुक्रबार बाँडफाँड हुने,  १७ लाख १२ हजारको हात खाली

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार बाँडफाँड हुने भएको छ ।

उक्त आईपीओको भोलि (असार ३ गते, शुक्रबार) निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो ३ बजेपछि बाँडफाँड हुने तय गरिएको क्यापिटलले जनाएको छ । 

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १३ लाख ६५ हजार  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १८ लाख ४८ हजार ७ सय १ जना लगानीकर्ताले २ अर्ब १९ करोड ७२ लाख ५२ हजार रूपैयाँ बराबरको २ करोड १९ लाख ७२ हजार ५ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको लागि भन्दा १६.०९७ गुणा धेरै आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाडँफाँड हुने छ ।  गोलाप्रथाबाट बाडँफाँड गर्दा भाग्यमानी १ लाख ३६ हजार ५ सय जना लगानीकर्ताहरूले मात्रै १० कित्ता सेयर हात पार्नेछन् । भने बाँकी १७ लाख १२ हजार २ सय १ जनाको भने हात खाली हुनेछ ।