२० बैशाख, २०८१ बिहिबार

09:38:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बालीनालीमा क्षति पुगेका किसानले क्षतिपूर्ति पाउने

Nepal Business

२ असार, २०७९

असार २० गते अघि नै क्षतिपूर्तिको रकम स्थानीय तहमार्फत किसानको खातामा पु¥याउनका लागि कार्य भइरहेको छ ।

बालीनालीमा क्षति पुगेका किसानले क्षतिपूर्ति पाउने

कञ्चनपुर । गत वर्षको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति व्यहोरेका यहाँका किसानले क्षतिपूर्ति रकम पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि स्थानीय तहसँग छलफल गरी रकम बाँडफाँडलाई अगाडि बढाएको छ ।

गत वर्ष बेमौसमी वर्षाका कारण जिल्लामा १ अर्ब ५७ करोड ८६ लाख ६० हजार मूल्य बरावरको बालीनालीमा क्षति पुगेको थियो ।

यही असार २० गते अघि नै क्षतिपूर्तिको रकम स्थानीय तहमार्फत किसानको खातामा पु¥याउनका लागि कार्य भइरहेको छ, सहायक प्रमुख जिल्ला अधिकारी असोककुमार भण्डारीले भन्नुभयो, धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वाफतको रकम उपलब्ध गराउनका लागि  १० करोड बजेट आएको छ । क्षतिका आधारमा सङ्घीय सरकारबाट क्षतिपूर्तिका लागि आएको रकम वितरण गरिने उहाँले बताउनुभयो । 

धानबालीमा भएको क्षतिको सङ्कलित विवरणअनुसार  ६० करोड बजेट माग गरेका थियौँ, उहाँले भन्नुभयो, माग गरे अनुरुपको बजेटभन्दा थोरै मात्रै बजेट आएको छ, आएको बजेटका आधारमा रकम वितरण हुन्छ ।

उहाँका अनुसार नगदेबालीका रुपमा रहेको तोरी, केरा, तरकारी, उखुलगायतका बालीमा बेमौसमी वर्षाका कारण पुगेको क्षतिका आधारमा सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको  एक करोड बजेटसमेत वितरण गरिने भएको छ ।

कृषि ज्ञान केन्द्रमार्फत सम्बन्धित स्थानीय तहमा क्षति व्यहोरेका किसानलाई सो रकम वितरण हुने छ । यसैगरी पशुपन्छीसम्बन्धी क्षति पुगेका किसानका लागि उपलब्ध भएको २० लाख बजेट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत वितरण गरिने छ ।

धानबालीका लागि क्षतिको अनुपातमा थोरै रकम आए पनि नगदेबाली र पशुपन्छीमा भएको क्षतिअनुसार नै क्षतिपूर्तिको रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको थियो । 

गत वर्ष बेमौसमी वर्षाका कारण जिल्लामा १ अर्ब ५७ करोड ८६ लाख ६० हजार मूल्य बरावरको बालीनालीमा क्षति पुगेको थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको थियो । वर्षाका कारण नदीनालामा आएको बाढीले डुबान पर्दा र बगाउँदा १ अर्ब १२ करोड १४ लाख ७० हजारको क्षति भएको कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ । 

बेमौसमी वर्षाका कारण सबैभन्दा बढी क्षति धान खेती गर्ने किसानले व्यहोरेका थिए । धान खेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको थियो ।

आलु खेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको थियो । आलु बाली  ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङकमा उल्लेख छ ।  

तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्न तयार हुँदै गरेका बेला परेको पानीले तरकारी खेती लगाउने २ हजार ६५० हेक्टर मध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो । तरकारी बालीमा  ५८ लाख ६४ हजारको क्षति पुगेको थियो ।

क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरेका थिए । 

तोरी बाली उम्रने क्रममै रहेका बेला परेको पानीले २ करोड ६२ लाखको क्षति भएको थियो भने तोरी खेती हुने ८ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको थियो । केरा खेतीमा २ करोड ७७ लाख २० हजार बरावरको क्षति पुगेको थियो ।

केरा खेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको थियो ।

हावाहुरीले उखुका बोट ढाल्दा १ करोड ५७ लाख ५० हजारको क्षति भएको थियो । उखु खेती हुने ५ हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो ।

क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरेका थिए ।