२० बैशाख, २०८१ बिहिबार

11:53:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम कृषिमा जोड (पूर्णपाठसहित)

Nepal Business

२३ जेठ, २०७९

नीति तथा कार्यक्रममा कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम अवधारणाको माध्यमबाट कृषि उत्पादन बृद्धि गरिने

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम कृषिमा जोड  (पूर्णपाठसहित)

काठमाण्डौं । सुदूरपश्चिम प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । प्रदेशले कृषिलाई प्रमुख प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

नीति तथा कार्यक्रममा प्रदेश सरकारले सुपथ मूल्य पसल सञ्चानल गर्ने, कृषिको अभिभावक, कृषि उपजको उत्पादन, लागत तथा जोखिम घटाउन कृषकलाई यन्त्र, उपकरण, उन्नत बिउ, बेर्ना, नश्ल, मलखाद र सिंचाई रहेका छन् ।

प्रदेश सरकारले कृषिमा जोड दिँदै नवीनतम प्रविधि, तालिम, प्राविधिक सहयोग, बाली तथा पशु बिमाको प्रिमियम शुल्क, कृषि ऋणको ब्याज, विद्युत महसुल र भन्सार महसुलमा अनुदानको व्यवस्था गरी सहज र सर्वसुलभ रुपमा उपलब्ध गराइने छ ।

यस्तै नीति तथा कार्यक्रममा कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम अवधारणाको माध्यमबाट कृषि उत्पादन बृद्धि गरिने उल्लेख छ । 
कृषिजन्य वस्तुको प्रतिस्थापन, निर्यात प्रवर्द्धन र खाद्य तथा पोषणा सुरक्षा प्रत्याभूत गराउन कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यसैगरी ‘आजको लगानी बोट, भोलिको प्रतिफल नोट’ भन्ने नाराका साथ फलफूल बगैंचा स्थापना र फलफूल बिरुवा रोपण अभियान सञ्चालन गर्ने सरकारको योजना छ । जसमा बिरुवा स्याहार बापत किसानलाई प्रोत्साहन दिने, प्रमुख राजमार्ग, सहायक राजमार्ग, हुलाकी सडक र अन्य स्थानीय सडक आसपासका क्षेत्रमा व्यावसायिक खाद्यान्न, फलफूल र उच्च मूल्यका बस्तुको खेती गर्न प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘आफूलाई चाहिने बिउ, आफै उत्पादन गरौं’ भन्ने नाराका धान, मकै र गहुँजस्ता प्रमुख खाद्यान्न बाली एवं दाल, तरकारी, घाँस आदिको बिउ बिजन उत्पादन, प्रशोधन र बजारीकरण गर्ने नीति प्रदेश सरकारले अघि सारेको छ । ‘मेरो उत्पादन, प्रदेशको पहिचान’ भन्ने नारा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय

नीति तथा कार्यक्रममा दिगो वन व्यवस्थापन कार्यक्रम लागु गरिने, साल प्रजातिको आयतन प्रणाली लागु गरिने, नदी तटिय क्षेत्रमा वृक्षारोपण गरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन बढाइने, कृषि कल्चर प्रयोगशाला स्थापना गरिने, जडिबुटि प्रशोधन केन्द्र स्थापना गरिने, वन्यजन्तु र मानवबीचको द्वन्द्व नियन्त्रण गर्न वन्यजन्तु उद्धार केन्द्र र एम्बुलेन्स सेवा सञ्चालन गरिने, कैलालीको वसन्ता वन क्षेत्रको अतिक्रमण हटाइने, ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ सचेतना वन संरक्षणमा अभिप्रेरित गर्ने खालका सचेतना कार्यक्रम सञ्चालन गरिने, पर्यटन गुरुयोजनाले निर्धारण गरेका योजनाका आधारमा निजी क्षेत्रसँग सहकार्य गरी पर्यटन विकास गरिने, पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माण गरिने, ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’भन्ने नाराका साथ पर्यटकको स्वागत तथा सम्मान गर्ने गरी नागरिकको क्षमता अभिवृद्धि गरिने, पहाडी क्षेत्रमा रहेका परम्परागत घरमा होमस्टे सञ्चालन गरिने, साना तथा घरेलु उद्योगले गरेको योगदानका आधारमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, एक स्थानीय तह, एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योग स्थापना गरिने, सुदूरपश्चिमका अति विकट क्षेत्र व्यास, साइपाल, अपि र हिमाली गाउँपालिकामा आवश्यकताका आधारमा खाद्यान्न ढुवानीमा अनुदान दिइने र परम्परागत रुपमा गरिने सुनको संकलन कार्य तथा राउटे समुदायले निर्माण गर्ने काठमा भाँडा निर्माणको अध्ययन गरी संरक्षण तथा आधुनिकीकरण गरिने समेटिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।