८ मंसिर, २०८१ शनिबार
05:24:54 AM
२ असार, २०७९
हालसम्म ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका छन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र कारोबार सञ्चालन (तेस्रो संसोधन) विनियमावली, २०७९’ स्वीकृत गरेको छ । उक्त विनियमावली स्वीकृत भएसँगै आइतबारदेखि कार्यान्वयमा आउने छ ।
नेप्सेको गत साता बसेको सञ्चालक समितिको बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो । नेप्सेले उक्त विनियमावली स्वीकृत गरेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई आफ्नै धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) राख्न बाटो खुलेको छ ।
लामो समय देखि ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन माग गरिरहेका थिए । हालसम्म ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका छन् । ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन गरेको हो ।