८ मंसिर, २०८१ शनिबार

05:28:56 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सातामा ६ दिन सेयर कारोबार खुल्ला रहने, यस्तो छ नेप्सेले जारी गरेको सूचना

२ असार, २०७९

यो सँगै अब सातामा ६ दिन नै धितोपत्रको दोश्रो बजार खुल्ला रहने छ ।

सातामा ६ दिन सेयर कारोबार खुल्ला रहने, यस्तो छ नेप्सेले जारी गरेको सूचना

काठमाडौं । साताको ६ दिन नै सेयर कारोबार खुल्ने भएको छ । नेप्सेले आज (बिहीबार) एक सूचना प्रकाशन गर्दै भोलि असार ३ गते शुक्रबारदेखि सातामा ६ दिन कारोबार खुल्ने जनाएको छ । यो सँगै अब सातामा ६ दिन नै धितोपत्रको दोश्रो बजार खुल्ला रहने छ ।

नेप्सेले आज (बिहीबार) एक सूचना प्रकाशन गर्दै, "नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७९/०२/२३ गतेको बैठकबाट दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको हुँदा सोहि बमोजिम नेप्से सञ्चालक समितिको मिति २०७९/०२/२५ गतेको निर्णयानुसार असार १ गतेदेखि धितोपत्रको दोस्रो बजार आइतबार देखि बिहिबार सम्म ११ः०० बजे देखि ३ः०० बजेसम्म र शुक्रबार ११ः०० बजे देखि १ः०० बजेसम्म सन्चालन हुने" जानकारी दिएको छ ।  यसअघि सेयर बजार सातामा ५ दिन मात्र खुल्ने गरेको थियो ।