७ मंसिर, २०८१ शुक्रबार

03:07:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क -कसले दिन पाउछन् आवेद

२ असार, २०७९

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क -कसले दिन पाउछन् आवेद

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज (असार २ गते बिहीबार) देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री गरेको छ ।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटो असार १६ गतेसम्म र सो समयमा बिक्री नभएमा असार ३१ गते बैंकिङ समयपछि आवेदन दिन सकिने छ।

स्थानीय लगानीकर्ताले प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा आवेदन दिन सकिने छ ।