१२ मंसिर, २०८१ बुधबार
10:38:52 AM
२ असार, २०७९
बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको विशेष साधारण सभा बिहीबार बस्दैछ । सभामा हिमालयन जनरल इन्सुरेन्सँग मर्ज हुने प्रस्ताव पेस हुँदैछ । मर्ज हुने भएपछि हाल एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनीहरुबीच गत २२ वैशाखमा मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ भने हिमालयन जनरलको १ अर्ब १७ करोड रुपैयाँ छ । यी दुई बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याउनका लागि मर्जरको बाटो रोजेका हुन् ।
बिमा कम्पनीबीच यो पहिलो मर्जर सम्झौता पनि हो । समितिले निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी १ अर्ब रुपैयाँबाट बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याएको छ ।