८ मंसिर, २०८१ शनिबार

05:21:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कतिमा भयो रिभर फल्सको पहिलो कारोबार ?

२ असार, २०७९

आज (बिहीबार) सो सेसनमा रिभर फल्स कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँ ९० पैसामा पहिलो कारोबार भएको हो।

कतिमा भयो रिभर फल्सको पहिलो कारोबार ?

काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा रिभर फल्स पावर लिमिटेडको पहिलो कारोबार भएको छ। आज (बिहीबार) सो सेसनमा रिभर फल्स कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँ ९० पैसामा पहिलो कारोबार भएको हो।

हिजो बुधबार कम्पनीको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा कम्पनीको ७० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि RFPL सिम्बोल प्राप्त गरेको छ ।