२० बैशाख, २०८१ बिहिबार

09:08:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुदुरपश्चिममा ३६ अर्ब ७४ करोडको बजेट

Nepal Business

१ असार, २०७९

विनियोजित कुल बजेटमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख रहेको मन्त्री रावलले जानकारी दिनुभयो

सुदुरपश्चिममा ३६ अर्ब ७४ करोडको बजेट

धनगढी,
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको छ । 

बजेटमा पुँजीगततर्फ ६५ दशमल ७५ प्रतिशत र चालुतर्फ ३३ दशमलव ४६ प्रतिशत रकम विनियोज गरेको आर्थिक मामिलामन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।

बजेटमा पुँजीगततर्फ ६५ दशमल ७५ प्रतिशत र चालुतर्फ ३३ दशमलव ४६ प्रतिशत रकम विनियोज गरेको आर्थिक मामिलामन्त्री प्रकाश रावलले जानकारी दिनुभयो ।

विनियोजित कुल बजेटमा चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख रहेको मन्त्री रावलले जानकारी दिनुभयो 

चालु आर्थिक वर्षभन्दा झण्डै ६ अर्ब बढी रकमको बजेट ल्याएको सरकारले परम्परागत शैलीकै कार्यक्रम र बजेट विनियोजन गरेको देखिएको छ । 

कृषि विकास र सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको प्रस्तुत बजेटमा सडक पूर्वाधार ५ अर्ब ६० करोड विनियोजन गरिएको छ ।