६ मंसिर, २०८१ बिहिबार
06:30:53 PM
१ असार, २०७९
बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्नुभएको हो ।
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको छ
बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट प्रस्तुत गर्नुभएको हो ।
उहाँले चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार विनियोजन गरिएको जानकारी दिनुभयो ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।