१६ कार्तिक, २०८१ शुक्रबार

05:20:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?

१ असार, २०७९

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, क- कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सुनिल कुमार भट्टराई तथा चन्द्रमान गुरुङले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । बैंकले सेयरको संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको कम्पनी सचिवको कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिन आग्रह गरेको हो ।

उक्त समयअवधिभित्र सेयरधनीबाट सेयर खरिदका लागि कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक सेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।