८ मंसिर, २०८१ शनिबार

04:56:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२९.८९ अंकले घट्यो नेप्से, आधिखोला र सिवाईसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट

१ असार, २०७९

बुधबार बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

२९.८९ अंकले घट्यो नेप्से, आधिखोला र सिवाईसी लघुवित्तको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रामा नै निरन्तरता छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) मा आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ विन्दुमा बन्द भएको छ । नेप्से १.५० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ३७८.९० विन्दुमा झरेको छ ।

बुधबार २२९ वटा कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको छ ।बुधबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । बुधबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १२ करोड ५७ लाख १४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

 बुधबार २ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.७६ प्रतिशतले घटेर २ सय ५० रूपैयाँमा बन्द भएको छ ।