८ मंसिर, २०८१ शनिबार
04:41:32 AM
१ असार, २०७९
बुधबार १ अर्बमाथिको कारोबार हुँदा नेपाल टेलिकम कम्पनीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो ।
कठामाडौं । साताको चौंथोे कारोबारको दिन बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६।३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो । बुधबार २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै सेयरबजारमा सेयरको मात्रा र कारोबार रकम दुवै घट्न पुगेको छ । बुधबार १ अर्बमाथिको कारोबार हुँदा नेपाल टेलिकम कम्पनीको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, बुधबार हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख, बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख, एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।