८ मंसिर, २०८१ शनिबार
05:04:44 AM
१ असार, २०७९
अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।
काठमाण्डौं । पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोइरालाले सडकबाठै आमरण अनसन सुरू गर्नु भएको छ । नेपाल धितोपत्र बोर्डले ढोका नखोलेपछि उहाँले सडकबाटै अनसन शुरु गर्नु भएको हो ।
पूँजी बजार विकास विस्तारका विभिन्न १९ बुँदे मागहरुसहित संयोजक तिलक कोईराला बुधबारदेखि आमरण अनसन सुरू गर्नु भएको छ । अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यवद्धता जनाइरहेका छन् ।
यो आमरण अनसन सरकारले गर्छु भनेको कामहरू पुरा नगरेसम्म जारी रहने कोइरालाले बताउनु भएको छ। यो आमरण अनसन ५२ लाख लगानीकर्ताहरूको साझा एजेन्डा र अन्तिम निर्णायक लडाईँ भएको उहाँले बताउनु भयो ।
आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेका कारण अनसन बस्दा बस्दै ढल्न पनि सक्ने बताउँदै उहाँले ५२ लाख लगानीकर्ताहरूका लागि आफू पछि नहट्ने बताउनु भयो।