८ मंसिर, २०८१ शनिबार

05:20:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

१ असार, २०७९

रसुवागढी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६८ लाख ४२ हजार १ सय कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको थियो । बोर्डले जेठ ३१ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।