८ मंसिर, २०८१ शनिबार

06:14:34 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला , क कसले दिने पाउछन् आवेदन ?

१ असार, २०७९

मन्दाकिनी हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला , क कसले दिने पाउछन् आवेदन ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण सेयर आईपीओ निष्काशन गरेको हो। उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

स्थानीय बासिन्दाहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आईपीओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै सेयर बिक्री नभएमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सक्नेछन् ।