८ मंसिर, २०८१ शनिबार

05:40:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आदर्श लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन?

१ असार, २०७९

लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

 आदर्श लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण्मा निष्काशन गरेको साधारण सेयर (आईपीओ) आज (असार १ गते बुधबार) देखि  निष्काशन तथा बिक्री खुला भएको छ । लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो।

कम्पनीले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ३ हजार ३५० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि र १ हजार ३५ कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्तारुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार १५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

लगानीकर्ताले सी–आस्बा सेवा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।