८ मंसिर, २०८१ शनिबार

05:56:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार सुधारको माग राख्दै तिलक कोइराला भोलिदेखि आमरण अनसन बस्दै

३१ जेठ, २०७९

पहिलो निर्णयमा संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि असार १ गतेबाट आमरण अनशन बस्ने र त्यसको सम्पूर्ण प्रबन्ध मिलाउने भनिएको छ।

सेयर बजार सुधारको माग राख्दै तिलक कोइराला भोलिदेखि आमरण अनसन बस्दै

काठमाडौं । पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि (असार १ गते) देखि आमरण अनशन सुरु गर्ने हुनुभएको छ । कोइरालाले सेयर बजार सुधारको माग राख्दै भोलीदेखि आमरण अनसनमा बस्न लाग्नुभएको हो। उहाँले नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा बिहान ११ बजेबाट आमरण अनशन सुरु गर्नु हुनेछ।

कोइरालाको आमरण अनशनको पहिला काडमाडौं अनामनगरमा मंगलबार लगानीकर्ता संगठनहरूको बैठक बसेको थियो ।सोही बैठकले आन्दोलनमा अझ सशक्त पार्न ३ वटा निर्णय गरेको छ। पहिलो निर्णयमा संघर्ष समितिका संयोजक तिलक कोइरालाले भोलि असार १ गतेबाट आमरण अनशन बस्ने र त्यसको सम्पूर्ण प्रबन्ध मिलाउने भनिएको छ।

दोस्रो निर्णयमा आमरण अनसन सुरू हुने दिनदेखि आमरण स्थलमा नियमित रूपमा व्यापक रूपमा लगानीकर्ताहरूको सहभागी गराउने र तय भएका अन्य आन्दोलनका कार्यक्रम सञ्चालन गर्न र त्यसको व्यवस्थापन गर्न समिति गठन गरिएको छ । तेस्रो निर्णयमा आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै लगानीकर्तालाई आन्दोलनमा सक्रिय सहभागिता र आ आफ्नोतर्फबाट सहयोग गर्न आह्वान गरिएको छ।