२३ बैशाख, २०८१ आइतबार

03:08:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विश्वमै सेयर बजारको घट्दो ट्रेण्ड, नेपालमा पनि उही अवस्था

Nepal Business

३१ जेठ, २०७९

मे महिनामा ८.६ प्रतिशतले ओरालो लाग्दा अमेरिकी केन्द्रीय बैंकले आक्रामक नीति अख्तियार गर्ने डर थियो ।

विश्वमै सेयर बजारको घट्दो ट्रेण्ड,  नेपालमा पनि उही अवस्था

एजेन्सी ।  सोमबार विश्व कै सेयरबजार ओरालो लागेको छ । सुरुकै अवस्थामा सेयर कारोबारमा विश्वका सेयर सूचकहरु ओरालो लागेका एजेन्सीहरुले जनाएका छन् । द डो शुक्रबार ८८० अंकले घटेको थियो ।यसैगरी एसएन्डपी ५०० (एसपीएक्स) २.७ प्रतिशतले र नास्डाक (एनडीएक्स) ३ प्रतिशतले घटेको थियो । 

अमेरिकी उपभोक्ता मूल्य सूचकांक मे महिनामा ८.६ प्रतिशतले ओरालो लाग्दा अमेरिकी केन्द्रीय बैंकले आक्रामक नीति अख्तियार गर्ने डर थियो ।

सोमबार एसियामा सेयरबजारले  तरंग सृजना गरेको छ । जापानको निक्की झण्डै ३ प्रतिशतले घट्दा जापानी मुद्रा येन २० वर्षयताकै कम विन्दुमा देखिएको थियो । सोमबार हङकङको हाङसेङ सूचक ३.४ प्रतिशतले घटेको छ भने कोरियाको कोस्पी पनि साढे ३ प्रतिशतले गिरावट आएको छ । त्यस्तै चीनको सांघाई कम्पोजित ०.९ प्रतिशतले गिरावट आएको छ ।

युरोपमा फ्रान्सको सीएसी ४० २.४७ प्रतिशतले सुरुवाती कारोबारमा घटेको थियो भने जर्मनीको डीएएक्स ३० पनि २.३ प्रतिशतले घटेको थियो । यता एफटीएसई १०० १.८ प्रतिशतले घटेको छ । योसँगै बेलायती मुद्रा पाउन्ड स्टर्लिङ १.२२ डलरमा घटेको नयाँ तथ्यांकले देखाएको छ । अमेरिकामा डो फ्युचर्स १.९ प्रतिशतले घट्दा नास्डाक फ्युचर २.९ प्रतिशतले घटेको छ ।

विश्व सेयरबजार पछिल्ला दिनहरुमा लगातार घट्दै गइरहेका छन् । नेपालमा पनि गत असोजबाट ओरालो लागेको बजार हालसम्म पनि ब्रेक लाग्न सकेको छैन । बजारको ओरालो यात्रालाई ब्रेक लगाउन लगानीकर्ताहरु लागि परेपनि बजारको अधोगति रोकिएको छैन ।