८ मंसिर, २०८१ शनिबार

05:51:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार यी कम्पनीका लगनीकर्ताहरुले सर्वाधिक कमाए -गुमाए

३१ जेठ, २०७९

मंगलबार यी कम्पनीका लगनीकर्ताहरुले सर्वाधिक कमाए -गुमाए

काठमाडौं । साताको तेस्रो दिन नेप्से राताम्य भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको हो । मंगलबार हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसदिन कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै, मंगलबार बलेफी हाईड्रोपावर, सगरमाथा इन्स्योरेन्स, ग्रिन डेझपमेन्ट बैंक, गणपती लघुवित्त, शिखर इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स, युनाईटेड इन्स्योरेन्स, दिव्यश्वरी हाईड्रोपाव र मल्टिप्रपोजका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यस्तै, मंगलबार आधिखोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसदिन कम्पनीको सेयर ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै, मंगलबार एनएमबी ५०, माउन्टोन हाईड्रो, यूनिलिभर नेपाल, लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फन्ड, नेपाल के्रडिट एण्ड कर्मश, एनआइपिएल प्रगती फन्ड, कुमारी बैंकको सेयरमा सुधार देखिएको छ।