८ मंसिर, २०८१ शनिबार

06:14:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मंगलबार शिवम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

३१ जेठ, २०७९

मंगलबार शिवम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार शेयरबजारमा उच्च गिरावट आएको छ । मंगलबार  ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको छ । सोमबार नेप्से परिसूचक १५.८२ अकंले घटेर २०३२ .३४ बिन्दुमा आएर बन्द भएको थियो ।

यसदिन २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । सेयरबजार घटेसँगै कारोबार रकम पनि खुम्चिँदै गइरहेको छ । मंगलबार १ अर्बमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट्सको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । कम्पनीको यसदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै,मंगलबार  एसीसी बैंकको ३ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोग ३३ लाख, नबिल बैंकको ३ करोड २० लाख रुपैयाँ र उपकार लघुवित्त वित्तीय संस्थाको २ करोड ८७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।