८ मंसिर, २०८१ शनिबार
06:13:36 AM
३१ जेठ, २०७९
सेयर बजार घट्दा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार
काठमाण्डौं । सेयर कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर बजार दोहोरो अंक ३६.०८ अंकले घटेर नेप्से परिसूचक १९ सय ९६. २५ विन्दुमा झेरको छ ।
लगातार सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार विन्दुबाट १९ सय ९६.२५ विन्दुमा झरेको हो ।
सेयर बजार घट्दा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ भने ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज सबै उपसमुह घटेका छन् । कम्पनीतर्फ भने आधीखोला लघुवित्त वित्तीय संस्था ८.१८ पतिशत, एनएमबी५० ४.१० प्रतिशत र माउन्टेन हाइड्रो नेपाल ३.७२ प्रतिशतले बढेका छन् ।