१२ मंसिर, २०८१ बुधबार

01:41:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा धितो राखेर ऋण नपाइने

Nepal Business

३१ जेठ, २०७९

कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा धितो राखेर ऋण नपाइने

काठमाण्डौं । अब जग्गा धितो राखेर ऋण नपाइने भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन पाएका छैनन् । 

भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै चार किल्ला खुलाई कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन दिएको छ।

मन्त्रालयको निर्देशनमा लेखिएको छ, ‘खेती योग्य जग्गा वा गैर कृषि क्षेत्र निर्धारण गर्ने प्रयोजनाका लागि स्थानीय भूउपयोग परिषदले भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ ले तोकेको मापदण्डका आधारमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण गर्नेपर्नेछ । सोही निर्णय बमोजिम मात्र स्थानीय तहले कित्ताकाट प्रयोजनाका लागि सिफारिस गर्नुपर्नेछ।’