१२ मंसिर, २०८१ बुधबार
01:33:32 PM
३१ जेठ, २०७९
उक्त मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ ।
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले २०७८ माघ २० गतेसम्म सेयर अभौतिकिकरण गराएका लगानीकर्ताको खातामा उक्त सेयर पठाएको जनाएको छ ।
उक्त मिति भन्दा पछि सेयर अभौतिकिकरण गराएकालाई क्रमश सेयर पठाईने कम्पनीले जनाएको छ । सेयर अभौतिकिकरण नगराएकाहरुलाई सेयर डिम्याट गराउन कम्पनीले आग्रह गरेको छ ।
सेयर धितो राखी कर्जा लिएको भए सेयर रोक्का नै हुने गरि बोनस सेयर जम्मा गरिएको र कर्जा तिरिसकेको भए बैंक वित्तीय संस्थामा सम्पर्क गरि रोक्का फुकुवा गराउन कम्पनीले आग्रह गरेको छ ।