२० बैशाख, २०८१ बिहिबार

09:09:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश वितरणमा रोक लगाउने निर्णय भएको छैनः बीमा समिति

२१ पुस, २०७८

लाभांश वितरणमा रोक लगाउने निर्णय भएको छैनः बीमा समिति

काठमाण्डौं 

निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने विषयमा कुनै निर्णय नभएको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले  निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने  वा नलगाउने भन्ने बारे प्रारम्भिक छलफल भएको जानकारी दिनुभएको छ । उँहाले भन्नुभयो, ‘प्ररम्भिक छलफल सुरु भएको छ तर कुनै पनि विषयमा निर्णय भई सकेको छैन ।

समितिका अनुसार कोरोना बीमा अन्तर्गत १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी १ अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

समितिका प्रवक्ता पौडेलले भन्नुभयो हामीले रोक लगाउने भनेका छैनौ र निर्णय पनि भएको छैन। यो छलफलकै विषय हो। पौडेलले कोरोना बीमावापतको अर्बौ रकम भुक्तानी गर्न बाँकी रहेको र भुक्तानी नहुँदासम्मका लागि नगद लाभांश वितरणमा रोक लगाउने बारे छलफलको विषय रहेको बताउनुभयो। लामो समयदेखि कोरोना बीमाको भुक्तानी बीमितले पाएका छैनन् । हाल ११ अर्ब ४३ करोड रुपैयाँ कोरोना बीमावापतको रकम भुक्तानी गर्न बाँकी रहेको समितिले जनानकारी दिएको छ । दुई वर्ष बितिसक्दा पनि बीमितले भुक्तानी नपाएका कारण नगद लाभांश वितरणमा रोक लगाउने भन्ने विषयमा छलफलको तयारी भएको उहाँले बताउनुभयो।

उहाँका अनुसार भूकम्पको समयमा निर्जीवन कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाइएको थियो । तर हालसम्म कम्पनीको लाभांश घोषणाका लागि बीमा समितिमा प्रस्ताव पनि नआएको उहाँले बताउनुभयो। समितिका अनुसार कोरोना बीमा अन्तर्गत १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी १ अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

हालसम्म बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ भने नेपाल सरकारको दायित्व अन्तर्गतको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । पौडेलले अर्थमन्त्रीको निर्देशन समेत आईसकेकोले तिर्न बाँकी कोरोना बीमाको रकम वितरण हुने सम्भावना बढि रहेको बताउनुभयो ।  पौडेलले भन्नुभयो, ‘यसअघि समितिको भवन शिलन्यास कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा भुक्तानीको काम अगाडि बढिरहेको भन्नु भएको थियो, अब काम हुन्छ होला ।’