८ मंसिर, २०८१ शनिबार
05:45:25 AM
३१ जेठ, २०७९
नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिजो (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.४८ प्रतिशत बोनस बापतको १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २१.४८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।