१८ बैशाख, २०८१ मंगलबार

03:04:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ओरालो लाग्यो

२१ पुस, २०७८

सेयर बजार ओरालो लाग्यो


तीन दिन लगातार बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। सेयर बजार ३०.७५ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६ सय ४९.२० विन्दुमा कारोबार बन्द भएको छ। १.१५ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ४९.२० विन्दुमा सिमित भएको हो।

यस्तै ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८३ रुपैयाँमा कारोबार भएको छ। 
उपसमुह तर्फ हाइड्रोपावार र फाइनान्स बढेको छन्। हाइड्रोपावर ०.४९ प्रतिशत र फाइनान्स ०.१ प्रतिशतले बढेका छन् भने अन्य उपसमुहरु राताम्मे छन्।

कम्पनीतर्फ मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड ९.९६ प्रतिशत, छ्याङदी हाइड्रोपावर लिमिटेड ५.४९ प्रतिशत र तेह्रथुम पावर कम्पनी लिमिटेड ५.४० प्रतिशतले बढेका छन्।