१२ मंसिर, २०८१ बुधबार

02:24:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा जनरल इन्स्योन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

३० जेठ, २०७९

कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि असार ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

सानिमा जनरल इन्स्योन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा  असार १५ गते बोलाउने गर्ने निर्णय गरेको हो। उक्त सभा धुम्रबराह पार्टी प्यालेस धुम्बाराहिमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभाले मर्जर प्रक्रिया अगाडि बढाउने एजेण्डा अनुमोदन गर्नेछ। जसअनुसार अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्णको काम अगाडि बढाउने र प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनका लागि असार ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।