१२ मंसिर, २०८१ बुधबार

02:26:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने

३० जेठ, २०७९

कम्पनीको २१ औँ वार्षिक साधारण सभाले संस्थापक र साधारण सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिमार्जन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीमा हाल संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर रहेको छ। यसलाई परिमार्जन गर्दै कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।

कम्पनीको २१ औँ वार्षिक साधारण सभाले संस्थापक र साधारण सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।  सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सोही अनुसारको सोघोषणा गरी सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा लिखित जानकारी पठाउन कम्पनीले आग्रह गरेको छ।
 
उक्त अवधिभित्र सर्वसाधारण सेयरमा परिवर्तन नगर्ने भनी कुनैपनि निवेदन नआएमा संस्थापक सेयरधनीहरुको हकको संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।