८ मंसिर, २०८१ शनिबार

06:23:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असार १ गतेबाट धितोपत्र दोस्रो बजार हप्तामा ६ दिन कारोबार हुने

Nepal Business

२९ जेठ, २०७९

आइतवारको सार्वजनिक विदा हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो ।

असार १ गतेबाट धितोपत्र दोस्रो बजार हप्तामा ६ दिन कारोबार हुने

काठमाण्डौं । आगामी असार १ गतेदेखि धितोपत्र दोस्रो बजार हप्तामा ६ दिन कारोबार हुने भएको छ । धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक विदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिननै बजार सञ्चालन गर्ने तयारी गरेको हो । 

नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले अहिलेनै निर्णय भैनसकेको भएपनि प्राविधिक कठिनाई नहुने अवस्था आए ६ कारोबार दिननै बजार खुल्ने जानकारी दिनुभयो ।

कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः३० बजेसम्म तय गर्ने  भएको  छ  ।

उहाँका अनुसार सार्वजनिक विदाको दिन र शनिबार वाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएका छन् ।

कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः३० बजेसम्म तय गर्ने छलफल भएको समेत उहाँले जानकारी दिनुभयो। सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । 

सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीबारसम्म चार कारोबार दिन सञ्चालन हुदैं आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुदैं आएको हो ।

आइतवारको सार्वजनिक विदा हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो । ६ कारोबार दिननै बजार सञ्चालन भएपनि राफसाफमा समस्या नहुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भनाई छ ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हाल टि प्लस टु को व्यवस्था अनुसारनै शुक्रवार बजार खुला भएपनि राफसाफ गर्न सकिने जानकारी दिनुभयो ।