६ मंसिर, २०८१ बिहिबार

06:45:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयरबजार घट्दा अमेरिकीहरुले ५ खर्ब डलर गुमाए

Nepal Business

२९ जेठ, २०७९

सेयरबजार ओरालो लाग्दा उनीहरुले सन् २०२२ को सुरुतिर उक्त दरमा सम्पत्ति गुमाएको बताइएको छ ।

सेयरबजार घट्दा अमेरिकीहरुले ५ खर्ब डलर गुमाए

एजेन्सी । यस वर्षको सुरुतिर अमेरिकीहरुले लगभग ५ खर्ब डलर गुमाएका छन् । सेयरबजार ओरालो लाग्दा उनीहरुले सन् २०२२ को सुरुतिर उक्त दरमा सम्पत्ति गुमाएको बताइएको छ ।

गैरनाफामूलक संस्था र घरपरिवारको कुल सम्पत्ति पाँच खर्ब डलरले घटेर पहिलो त्रैमासिक अवधिमा १४ सय ९३ खर्ब डलर कायम भएको अमेरिकी केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

पहिलो त्रैमासिकमा आएको सम्पत्ति गिरावट यो वर्षको सुरुतिर सेयरबजारमा आएको अधोगतिको परावर्तन हो । जसले ३० खर्ब डलरले प्रत्यक्ष र अप्रत्यक्ष व्यावसायिक सम्पत्तिलाई घटाइदिएको छ ।

बिहीबार सार्वजनिक तथ्यांकअनुसार सन् २०२० को मध्यतिरदेखि सम्पत्तिवृद्धि देखिएको थियो । खासगरी घर तथा वस्तुहरुको मूल्य ह्वात्तै बढेपछि सम्पत्तिमा ह्रास आउनथालेको थियो ।

पहिलो त्रैमासिकमा आएको सम्पत्ति गिरावट यो वर्षको सुरुतिर सेयरबजारमा आएको अधोगतिको परावर्तन हो । जसले ३० खर्ब डलरले प्रत्यक्ष र अप्रत्यक्ष व्यावसायिक सम्पत्तिलाई घटाइदिएको छ ।

यी होल्डिंग्सको कुल मूल्य पहिलो त्रैमासिकमा चार सय ६३ खर्ब डलर रहेको थियो । जुन घरपरिवारको हालसम्मकै ठूलो सम्पत्ति बनेको थियो ।

डो र एसएन्डपी ५०० दुवै झण्डै पहिलो तीन महिनामा पाँच प्रतिशतले घटेका छन् भने नास्डाक झण्डै नौ प्रतिशतले गिरावट आएको छ । सन् २०२० मा जब कोभिड महामारीले अमेरिकी अर्थतन्त्रलाई प्रभावित पारिरहेको थियो त्यसयताकै यो खराब बजरा प्रस्तुतिका रुपमा लिइएको छ ।

यसैगरी यो वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेका प्रभाव समेत देखिएको छ । फलतः तेलको मूल्यवृद्धि, आकाशिँदो महंगी र केन्द्रीय बैंकले बढाएको ब्याजदरसँगै कोभिड १९ महामारीलाई लिएर गरिएको चिन्ता पनि यससँग जोडिएको छ ।