८ मंसिर, २०८१ शनिबार
06:01:14 AM
२९ जेठ, २०७९
लगानीकर्ताहरुले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म जिल्ला प्रशासन अगाडी प्रदर्शन गर्ने
काठमाण्डौं । आन्दोलनरत सेयर लगानीकर्ताहरुले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने भएका छन् । लगानीकर्ताहरुले सोमबार बिहान १० बजेदेखि ३ बजेसम्म जिल्ला प्रशासन अगाडी प्रदर्शन गर्ने भएका हुन् ।
सेयर बजार सुधारको माग राख्दै जेठ २३ गतेदेखि लगानीकर्ता आन्दोलनरत छन् । जेठ २४ गते नेप्से सेयर बजार सुधारको माग राख्दै नेप्से पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेसँगै लगानीकर्ताले आन्दोदनलाई अझ सशक्त बनाएका छन् ।
जेठ २७ गते शुक्रबार लगानीकर्ताले माइतीघरदेखि बानेश्वरसम्म शक्ति प्रदर्शन गरेका थिए। पुँजी बजार सुधार र विकासका लागि गठित समितिले घोषणा गरेको आन्दोनमा अहिले अधिकांश लगानीकर्ताका छाता संगठनले एक्यवद्धता जनाएका छन् ।
लगानीकर्ताहरुले वाणिज्य बैंकका सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स, गैरआवासीय नेपालीहरुलाई पुँजी बजारमा भित्र्याउने लगायतका १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् ।
सरकारले साढे ३ वर्ष अघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पुँजी बजारमा गंभीर संकट आएको लगानीकर्ताहरु १९ बुँदे मागसहित आन्दोलित छन् ।