१७ बैशाख, २०८१ सोमबार

02:11:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत सरकारको सहयोगमा निर्मित श्रीफौद सिंह जनता मावि उद्घाटन

Nepal Business

२८ जेठ, २०७९

यो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादी का अमृत महोत्सव अन्तर्गत रहेको छ ।

भारत सरकारको सहयोगमा निर्मित श्रीफौद सिंह जनता मावि उद्घाटन

सर्लाही । भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई शनिबार उद्घाटन गरिएको छ । दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) र  भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गर्नु भएको हो ।

उक्त विद्यालय भवन  शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने आजादी का अमृत महोत्सव अन्तर्गत रहेको छ ।

यो विद्यालय नेपालमा यस वर्ष उद्घाटन गरिने ७५ परियोजनाहरू मध्ये एक हो ।  विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुका साथै सर्लाही जिल्लामा शिक्षाको विकासमा टेवा पुर्‍याउने विश्वास भारतले लिएको छ ।

१५ वटा कक्षा कोठा, दुईवटा सिँढी र सरसफाइ सुविधा सहितको दुई तल्ले विद्यालय भवन निर्माणमा प्रयोग गरिएको छ ।