७ मंसिर, २०८१ शुक्रबार
03:26:45 PM
२७ जेठ, २०७९
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्ति अनुसार प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको छ ।
स्वतन्त्र ऊर्जा उद्यमीहरुको संस्था (इपान)ले लामो प्रयासपछि नेपालको बिजुली भारत निर्यात हुन थालेकामा प्रसन्नता व्यक्त गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकामा इपानले स्वागत गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले यस वर्षको वर्षायाममा आन्तरिक खपतभन्दा बढी हुने विद्युत बेच्नका लागि प्रक्रिया अघि बढाएको र त्यसमा सफलता हासिल गरेकामा इपानले स्वागत गरेको छ ।
इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जारी गर्नुभएको विज्ञप्ति अनुसार प्राधिकरणको यस कदमले विद्युत निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्ने मुलुकको बहुप्रतिक्षित सपना साकार हुने अवस्थाको सुरुआत भएको छ ।
अघिल्लो वर्षायाममा ३९ मेगावाट बिजुली निर्यात शुरु भएकामा प्राधिकरणले यो वर्ष ३६४ मेगावाटसम्म निर्यात गर्न सक्ने अवस्थामा पुग्नु अत्यन्त सुखद कुरा भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
आगामी दिनहरुमा नेपालको जलविद्युतले छिमेकी मुलुकमा अझै राम्रो बजार प्राप्त गर्न सक्ने आधार र विश्वासको निर्माण गरेको स्पष्ट पार्दै इपानले विद्युत ब्यापारको यस्तो प्रगतिशील कदमले उर्जा क्षेत्रका निजी लगानीकर्तामा ठूलो आशा, विश्वास र हौसला बढाउएको उल्लेख गरेको छ ।
विद्युत निर्यातको लागि प्राधिकरणले भारतीय कम्पनीहरू मानिकरण पावर लिमिटेड र एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडलाई टेन्डर छनोट प्रक्रिया अगाडि बढेको जानकारी गराउँदै इपानले छनोट भएकामध्ये, मानिकरणले प्रतियुनिट भारु ४.८६ (७.७७६ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट र एनभिभिएनले प्रतियुनिट भारु ४.३० (६.८८ नेपाली रुपैयाँ) का दरले १०० मेगावाट गरी २०० मेगावाट बिजुली खरिद गर्ने छ ।