५ जेठ, २०८१ शनिबार

07:36:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन

Nepal Business

२७ जेठ, २०७९

यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन

काठमाण्डौं । यूनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन हुनुभएको छ । कम्पनीको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित हुन भएका सदस्यबाट संचालक समितिको अध्यक्ष पदका लागी श्रेष्ठलाई चयन गरिएको हो । 

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम मिति बिहिबार अध्यक्ष श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो । 

सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिनुभयो ।