२३ कार्तिक, २०८१ शुक्रबार
06:51:10 AM
२७ जेठ, २०७९
चैत महिनाको तुलनामा हेर्ने हो भने कम्पनीहरूमा पोलिसी त्याग्नेको संख्या २३.८० प्रतिशतले घटेको
काठमाण्डौं । बीमा समितिको तथ्यांक अनुसार वैशाख महिनामा पोलिसी सरेण्डर गर्ने क्रममा सुधार आएको छ । वैशाख महिनामा ५५ करोड २० लाख रूपैयाँका ५ हजार ८७६ वटा बीमालेख सरेण्डर भएका छन् ।
चैत महिनाको तुलनामा हेर्ने हो भने कम्पनीहरूमा पोलिसी त्याग्नेको संख्या २३.८० प्रतिशतले घटेको हो । यस्तै, रकम पनि ४५.१५ प्रतिशतले कमी देखिएको हो ।
चैत महिनाको तुलनामा वैशाख महिनामा पोलिसी सरेण्डर गर्नेको संख्या घटेको हो । यस महिनामा १ अर्ब ६६ लाख ५८ हजार रूपैयाँका ७ हजार ७१२ वटा बीमालेख सरेण्डर भएका थिए ।
चैत र वैशाख महिनामा मात्रै १९ जीवन बीमा कम्पनीहरूमा १ अर्ब ५५ करोड ८७ लाख रूपैयाँका १३ हजार ५८८ वटा पोलिसी त्याग भएका छन् ।